Kathmandu Press

ओली नेतृत्वको नेकपाका प्रवक्ता ज्ञवालीले भने- मन्त्रिपरिषद् विस्तार छिट्टै हुन्छ 

काठमाडौं, पुस ९ : प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता एवं परराष्ट्रमन्त्री...
ओली नेतृत्वको नेकपाका प्रवक्ता ज्ञवालीले भने- मन्त्रिपरिषद् विस्तार छिट्टै हुन्छ 
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली।

काठमाडौं, पुस ९ : प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। 

ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेको बताए।

बालुवाटारमा बसेको ओली समूहको केन्द्रीय कमिटीको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता ज्ञवाली मन्त्रिपरिषद् विस्तार छिट्टै हुने बताए। 

‘केही मन्त्रीले राजीनामा दिनु भएको छ। त्यसैले हामीले छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिनेछौँ,’ उनले भने,‘मन्त्रिपरिषद् विस्तारबारे छलफल भइरहेको छ। केन्द्रीय कमिटीको बैठक सकिए लगत्तै पहिलो काम मन्त्रिपरिषद् विस्तार नै हुनेछ।’

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका सात जना मन्त्रीले राजीनामा दिएका थिए। 

प्रकाशित मिति: १७:२१ बजे, बिहीबार, पुस ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्