Kathmandu Press

ओली समूहले तोक्यो सातै प्रदेश र जनवर्गीय संगठनका इन्चार्ज (सूचीसहित)  

पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा गएका केही प्रदेश इञ्चार्जलाई कारवाही गर्दै ओली समूहले सातै प्रदेश र जनवर्गीय संगठनको इन्चार्ज तोकेको हो। 
ओली समूहले तोक्यो सातै प्रदेश र जनवर्गीय संगठनका इन्चार्ज (सूचीसहित)  

काठमाडौं, पुस ९ : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सातै प्रदेश र जनवर्गीय संगठनको इन्चार्ज तोकेको छ। 

पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा गएका केही प्रदेश इञ्चार्जलाई कारवाही गर्दै ओली समूहले सातै प्रदेश र जनवर्गीय संगठनको इन्चार्ज तोकेको हो। 

बालुवाटारमा बिहीबार बसेको ओली समूहको केन्द्रीय कमिटीको बैठकले प्रदेश १ को इन्चार्जको जिम्मेवारी सुवास नेम्वाङलाई दिने निर्णय गरेको हो। यसअघि प्रदेश १ को इन्चार्ज हाल प्रचण्ड–नेपाल समूहमा गएका भीम आचार्य थिए। 

यस्तै, बैठकले प्रदेश २ को इन्चार्जको जिम्मेवारी सत्यनारायण मण्डललाई दिएको छ भने वागमती प्रदेशको इन्चार्जको जिम्मेवारी सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेललाई दिएको छ। यसअघि वागमती प्रदेश इन्चार्ज प्रचण्ड–नेपाल समूहमा गएकी नेतृ अष्टलक्ष्मी शाक्य थिइन्।

यसैगरी, गण्डकी प्रदेशको इन्चार्जको जिम्मेवारी पृथ्वी सुब्बा गुरुङ र लुम्बिनी प्रदेश इन्चार्जको जिम्मेवारी शंकर पोखरेललाई दिइएको छ। 

कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारी मणि थापाले पाएका छन् भने सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी लेखराज भट्टलाई दिने निर्णय बैठकले गरेको छ। 

यसअघि कर्णाली प्रदेशको इन्चार्ज प्रचण्ड–नेपाल समूहका जनार्दन शर्मा थिए भने सुदूरपश्चिम प्रदेशका इन्चार्ज सोही समूहका भीमबहादुर रावल थिए।

यस्तै, जनवर्गाीय संगठनको इन्चार्जको जिम्मेवारी टोपबहादुर रायमाझीले पाएका छन् भने उपत्यका समन्वयको जिम्मेवारी कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ।
 

प्रकाशित मिति: १७:०१ बजे, बिहीबार, पुस ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्