ओली समूहको बैठकमा बादलले भने– मध्यावधि चुनाव पश्चगमन होइन, अग्रगमन हो
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवलाय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादलले स्थिरता समाप्त पार्न खोज्नेहरुलाई समाप्त पार्न मध्यावधि निर्वाचन घोषणा गरिएको बताएका छन्।
काठमाडौं, पुस ९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवलाय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादलले स्थिरता समाप्त पार्न खोज्नेहरुलाई समाप्त पार्न मध्यावधि निर्वाचन घोषणा गरिएको बताएका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको अध्यक्ष केपी शर्मा ओली पक्षधर केन्द्रीय कमिटीको बैठकमा गृहमन्त्री बादलले जनताले चाहेको स्थिरता समाप्त पार्न खोज्नेलाई समाप्त पार्न सरकारले मध्यावधि निर्वाचनको बाटो रोजेको बताएका हुन्। उनले मध्यावधि निर्वाचन पश्चगमन नभई अग्रगमन भएको पनि दाबी गरे ।‘
‘लोकतन्त्रमा जनतामा जानु अन्यथा हुँदै होइन,’ बैठकमा उनले भने,‘मध्यावधि निर्वाचन पश्चगमन होइन, अग्रगमन हो।’ गृहमन्त्री बादलले प्रतिक्रान्तिलाई सहयोग गर्न चाहने केही नेताहरु पार्टीबाट चोइटिएर जान खोजेको आरोप पनि लगाएका थिए।
बादलले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले प्रतिक्रान्तिलाई सघाउने निर्णय गरेकाले आफू पार्टीको मूल नेतृत्वलाई जोगाउन लाग्ने बताए।











-1791359764.jpg)