संसद विघटनविरुद्ध संघर्ष गर्न प्रचण्ड–नेपाल समूहले बनायो २५०१ सदस्यीय आन्दोलन परिचालन समिति
काठमाडौं, पुस ९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षमा उत्रिने भएको छ। बिहीबार...
काठमाडौं, पुस ९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षमा उत्रिने भएको छ।
बिहीबार बबरमहलस्थित कार्की व्याङ्केटमा बसेको प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको बैठकले प्रतिनिधिसभा विघटनको विरोधमा संघर्ष गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकले पार्टी संगठन सुदृढीकरण र संसद विघटनको विरोधमा पहिलो चरणका कार्यक्रम सार्वनिक गरेको हो।
बैठकले संसद विघटनको विरोधमा गरिने संघर्षका कार्यक्रम परिचालन गर्न प्रवक्ता श्रेष्ठको संयोजकत्वमा २५०१ सदस्यीय आन्दोलन परिचालन समिति पनि गठन गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए। उनका अनुसार पुस १० गते बिहान साढे ९ बजे माइतीघर मण्डलामा र १२ बजे निर्वाचन आयोगमा केन्द्रीय कमिटी सदस्य रसंसदमा रहेका सांसदको उपस्थितमा विशेष कार्यक्रमम गरिने छ।
यस्तै, पुस १० गते नै काठमाडौंमा अध्यक्षहरुले पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको प्रवक्ता श्रेष्ठले बताए। पुस ११ गते प्रदेश कार्यालयको संयोजनात्मक छलफल हुने र सात दिनभित्र प्रदेश कमिटीको बैठक राख्ने निर्णय केन्द्रीय कमिटीले गरेको उनले बताए।
यस्तै, पुस १२ गते जिल्लास्तरीय कार्यकर्ता भेला सञ्चालन गर्ने र पुस १४ गते राजधानीसहित ७७ वटै जिल्लामा संसद विघटनको विरोधमा प्रदर्शन गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए। उनका अनुसार पुस २० गतेसम्म सबै गाउँ र नगरस्तरीय पार्टी भेला आयोजना गर्ने र पुस २५ गतेसम्म वडास्तरमा बैठक र भेला गरिनेछ।











-1791359764.jpg)