Kathmandu Press

प्रतिनिधिसभाको बैठक बोलाउन सभामुखसँग जसपाको माग 

काठमाडौं, पुस ९ :  जनता समाजवादी पार्टी, नेपालले प्रतिनिधिसभाको बैठक बोलाउन सभामुख अग्नि सापकोटासँग माग गरेको छ। बिहीबार सिंहदरबारमा सभामुख सापकोटासँग भएको भेटमा जसपाका...
प्रतिनिधिसभाको बैठक बोलाउन सभामुखसँग जसपाको माग 

काठमाडौं, पुस ९ :  जनता समाजवादी पार्टी, नेपालले प्रतिनिधिसभाको बैठक बोलाउन सभामुख अग्नि सापकोटासँग माग गरेको छ। 

बिहीबार सिंहदरबारमा सभामुख सापकोटासँग भएको भेटमा जसपाका शीर्ष नेताहरुले संसदको बैठक बोलाउन माग गरेका हुन्।

सभामुखसँगको भेटमा जसपाका नेताहरुले प्रधानमन्त्री र राष्ट्रपतिलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको जिकिर पनि गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरे पनि जसपाले संसद जीवितै रहेको मान्यता राखेको जसपाका नेता केशव झाले बताए। सभामुख सापकोटासँगको भेटमा जसपाका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र नेता लक्ष्मणलाल कर्ण सहभागी थिए।
 

प्रकाशित मिति: १५:२५ बजे, बिहीबार, पुस ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्