Kathmandu Press

संसद विघटनको विरोधमा कांग्रेसले पुस १३ गते देशभर प्रदर्शन गर्ने 

काठमाडौं, पुस ९ : नेपाली कांग्रेसले संसद विघटनको विरोधमा सरकारविरुद्ध देशभर प्रदर्शन गर्ने भएको छ। बिहीबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले संसद विघटनको...
संसद विघटनको विरोधमा कांग्रेसले पुस १३ गते देशभर प्रदर्शन गर्ने 
कांग्रेस पार्टी कार्यालय।

काठमाडौं, पुस ९ : नेपाली कांग्रेसले संसद विघटनको विरोधमा सरकारविरुद्ध देशभर प्रदर्शन गर्ने भएको छ। 

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले संसद विघटनको विरोधमा पुस १३ गते देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए। 

महामन्त्री खड्काका अनुसार संसद विघटनको विरोधमा १६५ वटै संघीय निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिनेछ।

प्रकाशित मिति: १५:१३ बजे, बिहीबार, पुस ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्