Kathmandu Press

नेपालका तीन खेलाडीले युएईमा टी–१० लिग खेल्ने

काठमाडौं, पुस ९ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले युनाइटेड अरब इमिरेट्स् (युएई) मा टी–१० क्रिकेट लिग खेल्ने भएका छन्। सोमपाल कामी,...
नेपालका तीन खेलाडीले युएईमा टी–१० लिग खेल्ने

काठमाडौं, पुस ९ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले युनाइटेड अरब इमिरेट्स् (युएई) मा टी–१० क्रिकेट लिग खेल्ने भएका छन्। सोमपाल कामी, करण केसी र कुशल मल्लले युएईमा लिग खेल्न लागेका हुन्।

बुधबार राति भएको ड्राफ्टबाट तीनै जनालाई अनुबन्ध गरिएको छ। कामीले मराठा अरबियन्स, केसीले पुने डेभिल्स  मल्लले टिम अबुधाबीबाट खेल्ने निश्चित भएको छ। कामीले यसअघि पनि विदेशी फ्रेन्चाइज क्रिकेट खेलिसकेका छन्।

केसी र मल्ल पहिलो पटक विदशी लिग खेल्न लागेका हुन्। यसअघि टी–टेन लिगमा नेपालका तर्फबाट सन्दीप लामिछाने र पारस खड्काले खेलिसकेका छन्। खड्का यसपटक टिम अबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरका भूमिकामा रहेका छन्। टी–१० लिग सन् २०२१ जनवरी २८ देखि शुरु हुनेछ। उक्त प्रतियोगितामा आठ टोली भिड्ने छन्।

प्रकाशित मिति: १४:०४ बजे, बिहीबार, पुस ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्