कोरोना संक्रमणबाट पोखरामा थप दुई जनाको मृत्यु
काठमाडौं, पुस ९ : कोरोना संक्रमणको कारण पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जनाको मृत्यु भएको छ। संक्रमणको कारण तनहुँको म्याग्दे गाउँपालिका ५ का...
काठमाडौं, पुस ९ : कोरोना संक्रमणको कारण पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जनाको मृत्यु भएको छ।
संक्रमणको कारण तनहुँको म्याग्दे गाउँपालिका ५ का ७३ वर्षीय पुरुष र स्याङजाको फेदीखोला गाउँपालिका १ की ७४ वर्षीया महिलाको मृत्यु भएको हो।
पुस ८ गते कोरोना संक्रमण पुष्टि भएको तनहुँको पुरुषको बुधबार साँझ मृत्यु भएको हो। त्यस्तै, पुस ५ गते कोरोना संक्रमण पुष्टि भएको स्याङजाकी महिलाको बुधबार राति मृत्यु भएको हो।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १९० पुगेको छ।
प्रकाशित मिति: १२:५३ बजे, बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1791359764.jpg)