Kathmandu Press

संसद विघटनको सिफारिस असंवैधानिक र गैरजिम्मेवार : महामन्त्री कोइराला

काठमाडौं, पुस ५ : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्‍त्री केपी ओलीको संसद् विघटन गर्ने सिफारिस असंवैधानिक र गैरजिम्मेवार पूर्ण रहेको बताएका...
संसद विघटनको सिफारिस असंवैधानिक र गैरजिम्मेवार : महामन्त्री कोइराला

काठमाडौं, पुस ५ : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्‍त्री केपी ओलीको संसद् विघटन गर्ने सिफारिस असंवैधानिक र गैरजिम्मेवार पूर्ण रहेको बताएका छन्। 

आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो भनाई राख्दै महामन्त्री कोइरालाले र्टीभित्रको आन्तरिक झगडाको आवेगमा ओलीले संसद विघटनको सिफरिस गरेको बताएका छन्। 

उनले संसद् विघटनका कारण मुलुकमा फेरि द्वन्द्व र अस्थिरताको डरलाग्दा श्रृखंला निम्तनसक्ने बताएका छन्। प्रधानमन्त्रीको यो गलत कदमलाई राष्ट्रपतिले सच्चाउनु पर्ने उनको भनाई छ।

प्रकाशित मिति: १८:०२ बजे, आइतबार, पुस ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्