Kathmandu Press

संसद् विघटनको प्रस्ताव संविधानविपरित : डा.भट्टराई

काठमाडौं, पुस ५ : पूर्वप्रधानमन्त्री एवं जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले संसद् विघटनाको प्रस्ताव संविधान विपरित भएको बताएका छन्।प्रधानमन्त्री केपी शर्मा ओलीले...
संसद् विघटनको प्रस्ताव संविधानविपरित : डा.भट्टराई

काठमाडौं, पुस ५ : पूर्वप्रधानमन्त्री एवं जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले संसद् विघटनाको प्रस्ताव संविधान विपरित भएको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। आज बिहान आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले संसद् विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

यसबारे सामाजिक सञ्जालमार्फत विरोध जनाउँदै डा.भट्टराईले यसलाई अलोकतान्त्रिक कदम भनेका छन्। उनले यसका विरुद्ध उभिन सबैलाई आह्वान पनि गरेका छन्।

 

प्रकाशित मिति: १६:४४ बजे, आइतबार, पुस ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्