Kathmandu Press

१०३ वर्षीया छत्रमायाले पाइन् नागरिकता

सिन्धुली, पुस ४ :  सिन्धुलीको कमलामाई नगरपालिका–१३ निवासी छत्रमाया मगरले नागरिकता प्राप्त गरेकी छिन्। एकसय तीन वर्षका उमेरमा उनले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता...
१०३ वर्षीया छत्रमायाले पाइन् नागरिकता

सिन्धुली, पुस ४ :  सिन्धुलीको कमलामाई नगरपालिका–१३ निवासी छत्रमाया मगरले नागरिकता प्राप्त गरेकी छिन्।

एक सय तीन वर्षका उमेरमा उनले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्राप्त गरेकी हुन्। उनलाई प्रमुख प्रशासकीय अधिकृत भीम बस्नेतले नागरिकता प्रदान गरेका हुन्।

रुचानी निवासी छत्रमाया यसअघि नागरिकता नहुँदा राज्यले प्रदन गर्ने सेवासुविधाबाट वञ्चित हुँदै आएकी थिइन्। विसं १९७४ माघ १५ गते जन्मिएकी छत्रमायाले १०३ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी हुन्।

नागरिकता नहुँदा राज्यले दिने सेवासुविधाबाट वञ्चित हुनुभएकी छत्रमायाले अब वृद्धभत्ता प्राप्त गर्न बाटो खुलेको छ।

पाँच वर्षअघि छत्रमायाका श्रीमानको निधन भएको थियो । त्यसपछि उनलाई नाति पर्ने पदमबहादुर रानामगरले पालनपोषण गर्दै आएका छन्।

प्रकाशित मिति: १९:२९ बजे, शनिबार, पुस ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्