Kathmandu Press

प्रदेश खेलकूद परिषद् चाँडै गठन हुन्छ : मुख्यमन्त्री राई

विराटनगर, पुस ४ : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले  प्रदेश खेलकूद परिषद् चाँडै गठन गर्ने जानकारी दिँदै संघीयता स्थापनापछि खेलाडीले अन्तर्राष्ट्रिय क्षेत्रमा...
प्रदेश खेलकूद परिषद् चाँडै गठन हुन्छ : मुख्यमन्त्री राई

विराटनगर, पुस ४ : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले  प्रदेश खेलकूद परिषद् चाँडै गठन गर्ने जानकारी दिँदै संघीयता स्थापनापछि खेलाडीले अन्तर्राष्ट्रिय क्षेत्रमा धेरै उपाधि हासिल गरी राष्ट्रको नाम विश्वस्तरमा राखेको बताएका छन्। 

आइटिफ तेक्वान्दो संघले आयोजना गरेको प्रदेशस्तरीय प्रथम तेक्वान्दो टेक्निकल समिनार कोर्सको उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले खेलकूदलाई उच्च प्राथमिकतामा राखेर यस क्षेत्रका राष्ट्रिय प्र्रतिभालाई सम्मान गर्ने गरेको बताए। 

मुख्यमन्त्री राईले प्रदेश सरकार यस क्षेत्रमा  एक पालिका एक मैदान अवधारणाले काम गरिरहेको जानकारी दिँदै खेलकूदको आवश्यक विकासका लागि चाहिने पूर्वाधार एवं प्रशिक्षण उपलब्ध गराई खेलकूदको विकास गर्ने बताए।

प्रकाशित मिति: १७:४७ बजे, शनिबार, पुस ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्