Kathmandu Press

जोरबिजोर प्रणाली हटेसँगै सडकमा जाम

काठमाडौं, पुस ३ : सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटेसँगै सडकमा जाम र भीडभाडका कारण स्वास्थ्य चुनौतीसमेत थपिएको छ।मङ्सिरदेखि नै सबै क्षेत्र खुल्न थालेपछि...
जोरबिजोर प्रणाली हटेसँगै सडकमा जाम

काठमाडौं, पुस ३ : सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटेसँगै सडकमा जाम र भीडभाडका कारण स्वास्थ्य चुनौतीसमेत थपिएको छ।

मङ्सिरदेखि नै सबै क्षेत्र खुल्न थालेपछि जोरबिजोर प्रणाली कायम गरी सवारी चलाउँदा भीड बढेर कोरोना फैलने खतरा बढेपछि सबै चल्न दिएको यातायात व्यवस्था विभागले जनाएको छ। सबै यातायात चल्न थालेपछि अनुगमनलाई पनि बढाइने विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए।

सबै सञ्चालनमा आएपछि बिहान बेलुका कार्यालय जाने आउने समयमा ट्राफिक व्यवस्थापनमा समस्या हुन थालेको छ। राजधानीमा सडक विस्तार एवं निर्माण र मर्मतसम्भारका कामसमेत भइरहेकाले पनि सबै सवारी नौ महिनापछि सञ्चालनमा आउँदा कोरोना महामारी छैन कि जस्तो लाग्न थालेको यात्रु शुक्रबहादुर तामाङले बताए।

सबै सवारी सञ्चालनमा आउन थालेपछि सीट क्षमताअनुसार मात्र यात्रु राख्न दिए स्वास्थ्य सुरक्षा कायम गर्न सकिने अधिकांश यात्रुको भनाइ छ। यसतर्फ विभागले ध्यान दिनुपर्ने यात्रु तामाङको माग छ। सार्वजनिक सवारीमा परिचालकले यात्रु कोच्ने गरेकाले कोरोनाबाट जोगिन मुस्किल हुने देखिएको यात्रु गीता सापकोटाको गुनासो छ।

यात्रु ओर्लने बेलामा परिचालक ढोकामै बस्ने, परिचालकले मास्कसमेत नलगाउने, चालकले समेत ट्राफिकको नजिक पुगेपछि मात्र मास्क लगाउने जस्ता गतिविधि सार्वजनिक यातायातमा देखिन थालेको उनको भोगाइ छ।

प्रकाशित मिति: ००:३४ बजे, शनिबार, पुस ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्