Kathmandu Press

सरकारी छाप र दस्तखत किर्ते एक पक्राउ

काठमाडौं, पुस ३ :  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ । ब्युरोको टोलीले...
सरकारी छाप र दस्तखत किर्ते एक पक्राउ

काठमाडौं, पुस ३ :  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ । 

ब्युरोको टोलीले सर्वोच्च अदालतको विसं २०७६ मंसिरको फैसलाअनुसार एक वर्ष कैद र ३६ लाख रूपैयाँ जरिवाना ठहर भएपछि फरार रहेका गोरखा घर भई ललितपुर बस्दै आएका ५५ वर्षीय गोपालबहादुर थापालाई शुक्रबार पक्राउ गरी सार्वजनिक गरेको हो । 

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले श्रम तथा रोजगार प्रबद्र्धन विभागको पत्र जाहेरीका आधारमा अदालतले फैसला सुनाएका थापालाई बिहीबार काठमाडौँ महानगरपालिका–४ धुम्बाराहीबाट पक्राउ गरिएको जानकारी दिए।  उनले थापालाई फैसला कार्यान्वयनका लागि आज नै काठमाडौँ जिल्ला अदालत बबरमहल पठाएको बताए। रासस
 

प्रकाशित मिति: २३:५६ बजे, शुक्रबार, पुस ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्