Kathmandu Press

बैतडीको चमेलिया नदी किनारामा महिला मृत फेला

बैतडी, पुस ३ : चमेलिया नदी किनारमा आज बिहान एक महिला मृतावस्थामा फेला परेकी छन्। बैतडीको दोगडाकेदार गाउँपालिका–६ चम्तडीस्थित चमेलिया नदी किनारमा महिला...
बैतडीको चमेलिया नदी किनारामा महिला मृत फेला

बैतडी, पुस ३ : चमेलिया नदी किनारमा आज बिहान एक महिला मृतावस्थामा फेला परेकी छन्। बैतडीको दोगडाकेदार गाउँपालिका–६ चम्तडीस्थित चमेलिया नदी किनारमा महिला मृतावस्थामा फेला परेकी हुन्। 

नदी किनारमा मृतावस्थामा फेला परेकी अन्दाजी ३५ वर्षीया महिलाको पहिचान हुन नसकेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। आज बिहान ८ बजेतिर स्थानीय नैनसिंह गोयलाले नदी किनारमा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
 
गोकुलेश्वर प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा पुुगेको छ। नदीले बगाएर ती महिलाको शव ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ। घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनको टोली पनि घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएकोे छ।

प्रकाशित मिति: १७:४२ बजे, शुक्रबार, पुस ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्