Kathmandu Press

५० हजार मेट्रिकटन रासायनिक मल ल्याउन बंगलादेशसँग सम्झौता

काठमाडौं, पुस २ : बङ्गलादेशबाट ५० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्न दुई देशका सरकारी कम्पनीबीच सम्झौता भएको छ। नेपालकोतर्फबाट कृषि सामग्री कम्पनी लिमिटेड...
५० हजार मेट्रिकटन रासायनिक मल ल्याउन बंगलादेशसँग सम्झौता

काठमाडौं, पुस २ : बङ्गलादेशबाट ५० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्न दुई देशका सरकारी कम्पनीबीच सम्झौता भएको छ। 

नेपालकोतर्फबाट कृषि सामग्री कम्पनी लिमिटेड र बङ्गालादेशी केमिकल इन्डष्ट्रिज कम्पनीबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ।

सम्झौता भएको तीन महिनाभित्र बल्क र कार्गाे गरी दुई तरिकाबाट चार चरणमा रासायनिक मल ल्याउने गरी सम्झौता भएको कृषि मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीले जानकारी दिए। उनका अनुसार मल खरिदको सम्झौतामा नेपालको तर्फबाट कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी र बङ्गलादेशकोतर्फबाट मोहमद अमिउल अहसनले संयुक्तरुपमा हस्ताक्षर गरेका छन्। 

बङ्गलादेशबाट मल आयातसँगै रासायनिक मलको अभावको समस्या समाधान हुने कृषि मन्त्रालयले जनाएको छ। यो मौसममा खेती गरिने बालीलाई आवश्यक पर्ने युरिया, डिएपी र पोटास मल रहेको भन्दै आगामी दिनमा मलको अभाव हुन नदिने मन्त्रालयवाट अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिसमेत तयार भइरहेको जनाइएको छ। 

नेपाल र बङ्गलादेश सरकार–सरकारबीच (जिटुजी)मार्फत रासायनिक मल खरिदका लागि समझदारीपत्र (एमओयु) गर्न कृषि सामग्री कम्पनीका प्रबन्ध निर्देशक नेन्द्रबहादुर भण्डारीको संयोजकत्वमा चार सदस्सीय टोली बङ्गलादेश गएका थिए। कृषि सामग्री कम्पनीले बङ्गलादेशबाट रासायनिक मल ढुवानी गर्न यसअघि नै संयुक्त अरब इमिरेट्स (युएइ) को जेन्ट्रेड एफजेडएफ कम्पनी छनोट गरिसकेको छ। रासस 

प्रकाशित मिति: ०२:०३ बजे, शुक्रबार, पुस ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्