Kathmandu Press

श्रीराम सुगर मिल्सले शुक्रबारदेखि उखु किसानको भुक्तानी दिने

काठमाडौं, पुस २ : उखु किसानले भुक्तानीका आन्दोलन गरिरहेका बेला श्रीराम सुगर मिल्सले पुस ३ गतेदेखि भुक्तानी दिन शुरु गर्ने भएको छ।सो उद्योगले...
श्रीराम सुगर मिल्सले शुक्रबारदेखि उखु किसानको भुक्तानी दिने

काठमाडौं, पुस २ : उखु किसानले भुक्तानीका आन्दोलन गरिरहेका बेला श्रीराम सुगर मिल्सले पुस ३ गतेदेखि भुक्तानी दिन शुरु गर्ने भएको छ।

सो उद्योगले आफूले भुक्तानी दिन बाँकी रकम पनि सार्वजनिक गरेको छ। मिल्सले बिहीबार जारी गरेको विज्ञप्तिमा गत आर्थिक वर्षमा खरीद गरिएको उखुमध्ये २५ करोड ९० लाख ५३ हजार पाँच सय पच्चीस भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ। 

भुक्तानी यही पुस ८ गतेभित्र भुक्तानी गरिसक्ने प्रतिबद्धता पनि सो उद्योगले गरेको छ।

प्रकाशित मिति: ०२:०१ बजे, शुक्रबार, पुस ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्