Kathmandu Press

नेपाली शान्ति सैन्यको लिबियामा उच्च प्रशंसा

काठमाडौं, पुस २ : लिबियामा शान्ति स्थापनार्थ तैनाथ नेपाली सेनाको राष्ट्र संघलगायत त्यहाँका सरकारी निकायले उच्च प्रशंसा गरेका छन्।कोभिड–१९ को विषम परिस्थितिमा पनि...
नेपाली शान्ति सैन्यको लिबियामा उच्च प्रशंसा
फाइल तस्वीर।

काठमाडौं, पुस २ : लिबियामा शान्ति स्थापनार्थ तैनाथ नेपाली सेनाको राष्ट्र संघलगायत त्यहाँका सरकारी निकायले उच्च प्रशंसा गरेका छन्।

कोभिड–१९ को विषम परिस्थितिमा पनि नेपाली सेनाले स्वास्थ्य सुरक्षा, उपचार तथा राष्ट्रसंघसँग सम्बन्धित निकायहरुसँग सुमधुर सम्बन्ध कायम गर्दै तोकिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकामा सम्पूर्ण फौजको उच्च सम्मानसहित ‘मिशन लिबिया’का प्रमुख तथा लिबियास्थित संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधिहरुले प्रशंसापत्र प्रदान गरेका छन्।

कर्तव्य पालनाको सिलसिलामा वीरगति प्राप्त गर्नुभएका सेनानी मोहनकाजी श्रेष्ठ र जमदार थिरप्रसाद गौतमप्रति उनीहरुले हार्दिक श्रद्धाञ्जलि एवं शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेको नेपाली सेनाले जनाएको छ।
 

प्रकाशित मिति: ०१:२० बजे, शुक्रबार, पुस ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्