Kathmandu Press

आन्दोलनरत उखु किसानका माग सम्बोधन गर्न कांग्रेसको माग

काठमाडौं, पुस २ : नेपाली कांग्रेसले कृषकको उखुको मूल्यको बक्यौता रकम चुक्ता गराउनका लागि प्रभावकारी कदम चाल्न र भुक्तानी नगर्ने उद्योगीलाई कारवाहीको दायरामा ल्याउन...
आन्दोलनरत उखु किसानका माग सम्बोधन गर्न कांग्रेसको माग
कांग्रेस संसदीय दलको कार्यालय।

काठमाडौं, पुस २ : नेपाली कांग्रेसले कृषकको उखुको मूल्यको बक्यौता रकम चुक्ता गराउनका लागि प्रभावकारी कदम चाल्न र भुक्तानी नगर्ने उद्योगीलाई कारवाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ। 
 
कांग्रेस संसदीय दलको कृषि तथा पशुपक्षी मन्त्रालय समन्वय समितिका संयोजक पद्मनारायण चौधरीले बिहीबार एक विज्ञप्तिमार्फत सरकारले आफ्नो रोहबरमा भएको सहमतिलाई कार्यान्वयन गराउन नसक्नु अत्यन्तै दुःखद् भएको उल्लेख गरेका छन्। 
 
उनले उखु बिक्री वापतको भुक्तानी पाउनका लागि गरिब किसान काठमाडौँको चिसोमा चार दिनदेखि पुनः एक पल्ट आन्दोलनरत रहेका उल्लेख गर्दै तत्काल कृषकका माग कार्यान्वयन गर्न माग गरेका छन्।

उखु कृषकले आफ्नो पसिनाको मूल्य नपाउनु र बारम्बार काठमाडौँ आई आन्दोलन गर्न बाध्य हुनु अत्यन्त अन्याय र दुःखद पक्ष भएको बताउँदै नेता चौधरीले उक्त विषयप्रति सरकारको गम्भीर ध्यानकर्षण गराइका छन्। 

प्रकाशित मिति: २३:४९ बजे, बिहीबार, पुस २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्