Kathmandu Press

नवौँ राष्ट्रिय खेलकूद अर्को वर्ष हुन्छ : सदस्यसचिव सिलवाल

पोखरा, पुस २ : राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले आगामी फागुन २० देखि गण्डकी प्रदेशमा तय गरिएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सञ्चालनको...
नवौँ राष्ट्रिय खेलकूद अर्को वर्ष हुन्छ : सदस्यसचिव सिलवाल

पोखरा, पुस २ : राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले आगामी फागुन २० देखि गण्डकी प्रदेशमा तय गरिएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सञ्चालनको अवस्था नरहेको बताएका छन्।

मदन भण्डारी स्पोर्टस् एकेडेमी गण्डकी प्रदेशले बिहीबार पोखरा रङ्गशालामा आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा उनले खेलकूदले माहोल सिर्जना गर्नुपर्नेमा यस वर्ष कोभिड–१९ का कारण अप्ठ्यारो अवस्था रहेकाले राष्ट्रिय खेलकूद सञ्चालन गर्ने अवस्था नरहेको स्पष्ट पारेका हुन्।

उनले भने, “नवौँ राष्ट्रिय खेलकूद फागुन २० देखि गण्डकीमा गर्दछौँ भनेर घोषणा गरेका थियौँ तर अहिले तोकिएको मितिमा सञ्चालन गर्ने अवस्था छैन, अब विसं २०७८ भित्र प्रतियोगिता सञ्चालन गर्न सक्छौँ।”

सदस्य सचिव सिलवालले स्थानीय, जिल्ला र प्रदेशमा प्रतियोगिता आयोजना गरेर राष्ट्रिय प्रतियोगिता सञ्चालन हुने र राम्रो खेलाडी उत्पादन गर्ने गरी राष्ट्रिय खेलकूदको तयारी गरिनेसमेत स्पष्ट पारे। 

उनले संघ सरकारसँगै प्रदेश र स्थानीय तहहरुले पनि खेलकूद उत्पादनमूलक क्षेत्र हो भन्ने बुझेर खेल पूर्वाधार तथा खेलाडी उत्पादनमा लगानी गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: २२:४८ बजे, बिहीबार, पुस २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्