प्रधानमन्त्रीले फेरि बोलाए संवैधानिक परिषद् बैठक, देउवा नजाने
सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको भोलिपल्टै बिहीबार प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका हुन्।
काठमाडौं, पुस २ : प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्।
सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको भोलिपल्टै बिहीबार प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका हुन्।
पार्टी निर्णय र अर्का अध्यक्ष प्रचण्डसँग भएको सहमति विपरीत प्रधानमन्त्री ओलीले बिहीबार साँझ ५ बजे संवैधानिक परिषद्को बैठक बोलाएको हुन्। प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक बोलाएको प्रधानमन्त्री कार्यालयले पुष्टि गरेको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले संवैधानिक परिषद्को बैठक बोलाइएको बताए।
प्रधानमन्त्री ओलीले बोलाएको संवैधानिक परिषद्को बैठकमा भने प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा नजाने भएका छन्। प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता नदिएसम्म देउवा बैठकमा सहभागी हुनेछैनन्।
यसअघि बुधबार नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने सहमति भएको थियो। सोही सहमतिपछि बसेको नेकपाको स्थायी कमिटी बैठकले सरकारले ल्याएको अध्यादेश फिर्ता लिने औपचारिक निर्णय गरेको थियो।











-1791359764.jpg)