सरकारलाई संसदीय समितिको निर्देशन- उखु किसानलाई एक हप्ताभित्र भुक्तानीको व्यवस्था मिलाउनू
काठमाडौं, पुस २ : प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उखु किसानले पाउन बाँकी रकम एक हप्ताभित्र भुक्तानीको व्यवस्था...
काठमाडौं, पुस २ : प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उखु किसानले पाउन बाँकी रकम एक हप्ताभित्र भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले चिनी उद्योगबाट उखु किसानले पाउन बाँकी रकम एक हप्ताभित्र भुक्तानीको व्यवस्था मिलाएर किसानको माग पूरा गर्न सरकारलाई निर्देशन दिएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले जानकारी दिए।
यस्तै, बैठकले किसानले पाउने बाँकी भुक्तानीको व्यवस्था मिलाएर सोको विवरण समितिमा पठाउन पनि सरकारलाई निर्देशन दिएको छ। बैठकले देशभरका श्रमिकहरुले पारिश्रमिक पाए नपाएको सम्बन्धमा अनुगमन र कारबाही गरी १५ दिनभित्रमा समितिमा प्रतिवेदन पेश गर्न पनि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको सभापति श्रीवास्तवले बताए।
समितिको बैठकमा सांसदहरुले उखु किसानको भुक्तानी नदिने उद्योगीलाई पक्राउ गरेर कारबाही गर्न माग गरेका छना्। समितिको बैठकमा बोल्दै कांग्रेस सांसद प्रकाश स्नेही रसाइलीले उद्योगीले चिनी बिक्री गरेर बैंकमा पैसा थुपाएर किसानलाई पैसा नदिएको भन्दै कारबाही हुनुपर्ने माग गरेका थिए।











-1791359764.jpg)