Kathmandu Press

काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली भोलिदेखि हट्ने

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार बैठकले जोर-बिजोर हटाउने निर्णय गरेसँगै शुक्रबारदेखि सबै सार्वजनिक तथा निजी सवारी सडकमा गुड्न पाउनेछन्।
काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली भोलिदेखि हट्ने

काठमाडौं, पुस २ : काठमाडौं उपत्यकामा जोर–बिजोर प्रणाली शुक्रबारदेखि हट्ने भएको छ। 

बिहीबार बसेको सुरक्षा निकाय, ट्राफिक प्रहरी, प्रशासन, यातायात व्यवसायी तथा मजदुरसहित बसेको बैठकले शुक्रबारदेखि लागू हुने गरी उपत्यकामा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो। 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार बैठकले जोर-बिजोर हटाउने निर्णय गरेसँगै शुक्रबारदेखि सबै सार्वजनिक तथा निजी सवारी सडकमा गुड्न पाउनेछन्। तर, त्यसका लागि सबै सार्वजनिक र निजी सवारी स्वास्थ्य मापदण्ड पालना भने अनिवार्य रुपमा गर्नुपर्नेछ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले यातायात व्यवसायीले स्वास्थ्य प्रोटोकल पूर्ण रुपमा पालना गरेर यातायात चलाउने बताए।

‘लकडाउनपछि यात्रु पाउनै मुस्किल पर्ने सार्वजनिक सवारीमा अहिले कार्यालय समयमा ठूलो भीडभाड हुन थालेकोले जोर बिजार हट्नु सकारात्मक भएको कुरा हो,’ उनले भने,‘स्वास्थ्य मापदण्ड अपनाएर अब सवारी चलाउँछौं।’
 

प्रकाशित मिति: २०:४३ बजे, बिहीबार, पुस २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्