त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापक आन्दोलनमा
काठमाडौं, पुस : त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरु समान कामको समान पारिश्रमिक हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका छन्।त्रिविका आंशिक प्राध्यापकहरु आजदेखि विश्वविद्यालयमा परिसरमा धर्नामा...
काठमाडौं, पुस : त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरु समान कामको समान पारिश्रमिक हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका छन्।
त्रिविका आंशिक प्राध्यापकहरु आजदेखि विश्वविद्यालयमा परिसरमा धर्नामा बसेका छन्। लामो समयदेखि त्रिविले वेवास्ता गरेकाले धर्नामा बस्नु परेको आंशिक प्राध्यापक संघका संरक्षक शशीकुमार शर्माले बताए।
वर्षौदेखि काम गरिरहेका आंशिक प्राध्यापकहरुको वौद्धिक शोषण भएको उनको भनाइ छ। उनीहरुले समान पारिश्रमिक पाउनुपर्ने, एक शैक्षिक सत्र पूरा गरेका सम्पूर्ण आंशिक प्राध्यापकहरुलाई करार गर्नुपर्ने माग राखेका छन्।
१५ वर्षदेखि जारी आन्दोलनका क्रममा पटकपकट सम्झौता भएपनि कार्यान्वयन नभएको उनले बताए। अब आफ्ना मागहरु पूरा नभएसम्म आन्दोलन जारी रहने शर्माको भनाइ छ।
प्रकाशित मिति: २०:२३ बजे, बिहीबार, पुस २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1791359764.jpg)