Kathmandu Press

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं, पुस २ : प्रधानमन्त्री केपी शर्मा ओलील्े आज साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्।सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यायदेशबारे निर्णय गर्न मन्त्रिपरिषद्को...
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं, पुस २ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यायदेशबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बोलाएको जनाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यायदेश ल्याउने निर्णय गरेको थियो।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश आएपछि चौतर्फी विरोध भएको थियो। नेकपाभित्र चर्को विरोधएपछि प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमति भएका थिए।

बुधबार बसेको नेकपा स्थायी कमिटी बैठकले पनि अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो। त्यसैका लागि आज साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले बताए।

 

प्रकाशित मिति: १९:५३ बजे, बिहीबार, पुस २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्