Kathmandu Press

राजसंस्था पुनःस्थापनाका लागि राप्रपाद्वारा आन्दोलन घोषणा

काठमाडौं, पुस २ : राजसंस्था पुनःस्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आन्दोलनको घोषणा गरेको छ।राप्रपा केन्दीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले पहिलो...
राजसंस्था पुनःस्थापनाका लागि राप्रपाद्वारा आन्दोलन घोषणा

काठमाडौं, पुस २ : राजसंस्था पुनःस्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आन्दोलनको घोषणा गरेको छ।

राप्रपा केन्दीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकले पुस १२ गतेदेखि पहिलो चरणको आन्दोलनका कार्यक्रम तय गरेको राप्रपाले जनाएको छ।

राप्रपा केन्द्रीय सचिवालय प्रमुखद्वय ध्रुवबहादुर प्रधान र भाष्कर भद्राले प्रेस विज्ञप्ति जारी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्। जसमा पुस १२ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने तय गरिएको छ।

त्यस्तै, पुस १२ देखि २१ गतेसम्म जिल्ला सदरमुकाम र ठूलो शहरमा मोटरसाइकल र्‍याली निकाल्ने जनाएको छ। पुस १५ देखि २५ गतेसम्म जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने तय गरिएको छ।

राप्रपाले पुस तेस्रो साता दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरिने जनाएको छ।

राप्रपाले राजसंस्था पुनःस्थापनासँगै हिन्दूराष्ट्र घोषणा गर्नुपर्ने पनि माग राखेको छ। त्यस्तै, सरकारले भ्रष्टाचार नियन्त्रण, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्या समाधान गर्न नसकेको जनाएको छ।

Image

 

प्रकाशित मिति: १७:४० बजे, बिहीबार, पुस २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्