Kathmandu Press

काेराेनाले बन्द नेपाल-भारत उडान आजदेखि सुरु हुँदै

काठमाडौं, पुस २ : कोरोना भाइरसको महामारीका कारण रोकिएको नेपाल-भारत उडान नौ महिनापछि सुरु भएको छ।आज नेपाल वायु सेवा निगमको एयरबस ए ३२०...
काेराेनाले बन्द नेपाल-भारत उडान आजदेखि सुरु हुँदै

काठमाडौं, पुस २ : कोरोना भाइरसको महामारीका कारण रोकिएको नेपाल-भारत उडान नौ महिनापछि आजदेखि सुरु हुँदै छ।

आज नेपाल वायु सेवा निगमको एयरबस ए ३२० विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्लीका लागि प्रस्थान गर्न लागेको छ। यो विमानले बिहान ११ बजे उडान भर्ने विमानस्थलले जनाएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले नेपाल-भारत उडानका लागि सबै तयारी पूरा भएको बताए। तत्कालका लागि दैनिक एक उडान हुने उनले बताए।

त्यस्तै, भारतीय विमानले पनि नेपाल उडान गर्नेछ। दिल्लीबाट पनि अहिलेलाई दैनिक एक उडान हुने उनले बताए।

कोरोना कारण गत चैत ११ गतेदेखि नेपला भारत उडान बन्द भएको थियो। यसलाई फेरि सुचारु गर्न गत साता नेपाल र भारतबीच सहमति भएको थियो।

 

प्रकाशित मिति: १५:४९ बजे, बिहीबार, पुस २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्