ला लिगामा बार्सिलोनाले रियल सोसिडाडलाई हरायो
काठमाडौं, पुस २ : स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको रियल सोसिडाडलाई बार्सिलोनाले हराएको छ ।बुधबार राति नाउ क्याम्पमा बार्सिलोनाले ला लिगाको शीर्ष...
काठमाडौं, पुस २ : स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको रियल सोसिडाडलाई बार्सिलोनाले हराएको छ ।
बुधबार राति नाउ क्याम्पमा बार्सिलोनाले ला लिगाको शीर्ष क्लब रियल सोसिडाडलाई २–१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितसँगै रियल सोसिडाडले शीर्ष स्थान गुमाएको छ ।
सोसिडाड तालिकाको दोस्रो स्थानमा झर्दा बार्सिलोना शीर्ष ५ मा उक्लिन सफल भएको छ । खेलमा अग्रता पाहुना टोली सोसिडाडले डी सिल्भाको गोलमा लिएको थियो । त्यसको चार मिनेटपछि जोर्डी अल्बाले बार्सिलोनाका लागि बराबरी गोल फर्काए ।
पहिलो हाफ सकिन तीन मिनेटअघि डी जोङले गोल गर्दै बार्सिलोनालाई २–१ ले अघि बढायो र जोङको सोही गोल निर्णायक सावित भयो ।
प्रकाशित मिति: १३:५५ बजे, बिहीबार, पुस २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











