Kathmandu Press

प्रिमियर लिगको शीर्ष स्थानमा लिभरपुल

काठमाडौं, पुस २ : लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। गएराति  भएको खेलमा शीर्ष स्थानको टोटनह्यामलाई २–१ गोल अन्तरले पराजित...
प्रिमियर लिगको शीर्ष स्थानमा लिभरपुल

काठमाडौं, पुस २ : लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। गएराति  भएको खेलमा शीर्ष स्थानको टोटनह्यामलाई २–१ गोल अन्तरले पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो।

घरेलु टिम लिभरपुलको जितमा मोहम्मद सलाह र रोबर्टो फिर्मिनोले गोल गरे। यता, टोटनह्यामका लागि भने सन हेयुङ मिनले एक गोल फर्काए। जितसँगै लिभरपुलले दोस्रो स्थानमा झरेको टोटनह्यामसँग तीन अंकको स्पष्ट अग्रता बनाएको छ।

१३ खेलबाट २८ अंक बनाउँदै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो। दोस्रो स्थानमा झरेको टोटेनहमको १३ खेलबाट २५ अंक छ।

प्रकाशित मिति: १३:१८ बजे, बिहीबार, पुस २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्