कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्यामा नयाँ रेकर्ड, एकैदिनमा झण्डै साढे १३ हजारको मृत्यु
काठमाडौं, पुस २ : कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्यामा पुन बुद्धि भएको छ । संक्रमण तीब्र हुँदा मृतक संख्यामा फेरि नयाँ रेकर्ड कायम...
काठमाडौं, पुस २ : कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्यामा पुन बुद्धि भएको छ । संक्रमण तीब्र हुँदा मृतक संख्यामा फेरि नयाँ रेकर्ड कायम भएको छ ।
बिहीबार यो समाचार तयार पार्दासम्म विश्वमा पछिल्लो २४ घण्टामा १३ हजार ४३९ संक्रमितको मृत्यु भएको छ । एकै दिन मृत्यु भएका संक्रमितमध्य यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि एकैदिन १३ हजार संक्रमितको मृत्यु भएको थिएन । यो समाचार तयार पार्दासम्म विश्वभर १६ लाख ५४ हजार ६२ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष नाघ्दा विश्वभरका सक्रिय संक्रमितको संख्या २ करोड ५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६ लाख ८२ हजार ५०९ जनामा संक्रमण भएको छ । योसँगै विश्वभर सक्रिय संक्रमितको संख्या २ करोड ५ लाख १३ हजार ८७२ पुगेको छ ।
यसमध्ये १ लाख ७ हजार २३४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । यो समाचार तयार पार्दासम्म कुल संक्रमितको संख्या ७ करोड ४४ लाख ८२ हजार ४१६ पुगेको छ ।
त्यसमध्ये ५ करोड २३ लाख १४ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् । चीनको वुहानबाट सुरू भएको संक्रमण हालसम्म विश्वका २१८ मुलुकमा फैलिएको छ ।












