Kathmandu Press

पहिलो टेष्टका लागि भारतीय टिमको घोषणा, मयङ्क र पृथ्वीले ओपनिङ गर्ने

काठमाडौं, पुस १ : अस्ट्रेलियाविरुद्धको सिरिजको पहिलो टेस्टका लागि भारतले प्लेइङ सेटको घोषणा गरेको छ।एडिलेडमा भोलिबाट सुरु हुने पहिले टेस्टका भारतले मयंक अग्रवाल,...
पहिलो टेष्टका लागि भारतीय टिमको घोषणा, मयङ्क र पृथ्वीले ओपनिङ गर्ने

काठमाडौं, पुस १ : अस्ट्रेलियाविरुद्धको सिरिजको पहिलो टेस्टका लागि भारतले प्लेइङ सेटको घोषणा गरेको छ।

एडिलेडमा भोलिबाट सुरु हुने पहिले टेस्टका भारतले मयंक अग्रवाल, पृथ्वी  र रविचन्द्रन आविश्वनलाई समेट्दै प्लेइङ ११ को घोषणा गरेको हो।

लेडिलेड टेस्टमा मयङ्क अग्रवाल र पृथ्वी शले भारतीय टिमको इनिङको सुरुवात गर्ने छन्। इशान्त शर्माको अनुपस्थितिमा उमेश यादवले तेस्रो पेसका रुपमा टिममा स्थान बनाएका छन्। भारतीय टिममा जस्प्रित बुमराह, मोहम्मद सामी, उमेश यादव र रविचन्द्र आश्विन गरी चार जना स्पेशलिस्ट बलर छन् । भारतीय टिममा आविश्न एकमात्र स्पिनर हुन्, उनलाई अलराउन्डर हनुमान बिहारीले साथ दिन सक्नेछन्।

भारतीय टिमको मिडल अर्डरमा चेतेश्वर पुजारा, कप्तान विराट कोहली र अजिन्का रहाने रहने छन् भने तल्लको क्रममा हनुमान बिहारी र ऋद्धिमन साह रहने छन् । साहले विकेटकिपरका रुपमा प्लेइङ सेटमा स्थान बनाएका हुन्। पहिलो टेस्टपछि कप्तान विराट कोहली भारत फर्किने छन्।

विराट पहिलो बच्चाको जन्मका लागि भातर फर्कने छन्। दोस्रो टेस्टदेखि रहानेले भारतीय टिमको कप्तानी गर्ने छन्। यस्तै मंगलबार अस्ट्रेलिया पुगेका ओपनर रोहित शर्मा तेस्रो टेस्टबाट टिममा सामेल हुने बताइएको छ। फिटनेशका कारण रोहितले पहिलो दुई टेस्टमा स्थान बनाउन सकेका थिएनन्। भारत र अस्ट्रेलियाबीच चार टेस्टको सिरिज हुनेछ।

जडेजा परेनन् टिममा

अलराउन्डर रविन्द्र जडेजा पहिलो टेस्टमा स्थान बनाउन असफल भएका छन्। अस्ट्रेलियाविरुद्धकै पहिलो टि–२० ह्यामिस्ट्रिङका कारण घाइते भएकाले जडेजाले पहिलो टेस्टमा स्थान बनाउन नसकेका हुन्।

जडेजाले वानडे सिरिज र पहिलो टि-२० मा उत्कृष्ट प्रदर्शन गरेका थिए। जडेजाको अनुपस्थितिमा भारतले पाँचौं बलरका रुपमा हनुमान बिहारीलाई प्रयोग गर्नु पर्नेछ।

प्रकाशित मिति: ००:५५ बजे, बिहीबार, पुस २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्