Kathmandu Press

गण्डकी प्रदेशमा थपिए ६२ जना कोरोना संक्रमित 

पोखरा, पुस १ : गण्डकी प्रदेशमा ६२ कोरोना संक्रमित थपिएका छन्। कोरोनाबाट दुई जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका-१ का ७६...
गण्डकी प्रदेशमा थपिए ६२ जना कोरोना संक्रमित 
फाइल तस्वीर।

पोखरा, पुस १ : गण्डकी प्रदेशमा ६२ कोरोना संक्रमित थपिएका छन्। कोरोनाबाट दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका-१ का ७६ वर्षीय र वडा नम्बर १२ का ८४ वर्षीय कोरोना संक्रमित पुरुष रहेका छन्। 

प्रदेशमा कोरोना संक्रमण भई मृत्यु हुनेको संख्या १८६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए।

बुधबार थपिएकासहित प्रदेशमा कूल कोरोना सङ्क्रमितको संख्या १३ हजार ५८३ पुगेको छ। प्रदेशमा हालसम्म एक हजार ६३२ सक्रिय संक्रमित पुगेका छन् भने निको हुनेको संख्या ११ हजार ७६५ पुगेको छ । 

प्रकाशित मिति: ००:४९ बजे, बिहीबार, पुस २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्