नेकपाको केन्द्रीय कमिटी बैठक फेरि सर्यो
काठमाडौं, पुस १ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठक फेरि सरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको स्थायी...
काठमाडौं, पुस १ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठक फेरि सरेको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटीको बैठक पुस १० गते बस्ने गरी मिति तय गरेको हो। यसअघि नेकपाले केन्द्रीय कमिटीको बैठक पुस ५ गतेका लागि बोलाएको थियो।
स्थायी कमिटीको अर्को बैठक पुस ५ गते बस्ने तय भएकाले केन्द्रीय कमिटीको बैठक पाँच दिन पछि सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए।
उनका अनुसार बुधबार बसेको स्थायी कमिटी बैठकले सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र पार्टीका केही सांसदहरुले संवैधानिक व्यवस्था अनुसार संसदको अधिवेशन माग गर्दै राष्ट्रपतिसमक्ष पेश गर्ने भनिएको आवेदन पनि फिर्ता लिने निर्णय गरेको छ।
प्रकाशित मिति: ००:०३ बजे, बिहीबार, पुस २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1791359764.jpg)