Kathmandu Press

हुम्लामा मानवाधिकार उल्लंघनका घटना बढे

हुम्ला, पुस १ : ‘नेपाल मानवाधिकार वर्ष पुस्तक २०२१’ का लागि संकलित घटनाको वार्षिक पूर्व समीक्षा कार्यक्रम हुम्ला सदरमुकाम सिमकोटमा आज सम्पन्न भएको...
हुम्लामा मानवाधिकार उल्लंघनका घटना बढे

हुम्ला, पुस १ : ‘नेपाल मानवाधिकार वर्ष पुस्तक २०२१’ का लागि संकलित घटनाको वार्षिक पूर्व समीक्षा कार्यक्रम हुम्ला सदरमुकाम सिमकोटमा आज सम्पन्न भएको छ। मंगलबार इन्सेक हुम्लाका प्रतिनिधि नन्द सिंहले ‘नेपाल मानवाधिकार वर्ष पुस्तक २०२१’ लागि वार्षिक पूर्व समीक्षा कार्यक्रममा प्रस्तुत गरेअनुसार गत वर्षको तुलना भन्दा यस वर्ष मानवाधिकार उल्लंघनका घटना बढी रहेका छन्। 

इन्सेक जिल्ला प्रतिनिधि सिंहले नेपाल मानवाधिकार वर्ष पुस्तक सन् २०२१ का लागि तयार पारिएको प्रतिवेदनमा २०२० जनवरीदेखि हालसम्म राज्य पक्षबाट धम्की, कुटपिट चारवटा, अन्य पक्षबाट धम्की, कुटपिट सातवटा रहेका छन् भने महिला अधिकारसम्बन्धीका बलात्कार, बलात्कार प्रयास र यौन दुव्र्यवहारका चारवटा घटना रहेका छन्।

Hardik ivf

यस्तै जातीय विभेद एक, बालअधिकार दुई, महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव, दुव्र्यवहारका चारवटा गरेर २७ घटना रहेको प्रतिनिधि सिंहले बताए। हुम्लामा गत वर्ष २४ घटना भएका थिए भने यो वर्ष मानवाधिकारका विभिन्न प्रकार २७ घटना रहेको सिंहले बताए।  

आजै भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी, जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतलगायतको सहभागिता रहेको थियो। वर्ष पुस्तक २०२१’ का लागि संकलित घटनाको प्रतिवेदन एकतर्फी भनाइ राखेको भन्दै प्रमुख जिल्ला अधिकारी गिरीले पीडक र पीडित दुवै पक्षको भनाइ समेट्नुपर्ने बताए।

प्रकाशित मिति: २३:२१ बजे, बुधबार, पुस १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्