अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली सहमत
प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन सहमत भएका छन्।
काठमाडौं, पुस १ : प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन सहमत भएका छन्।
नेकपाको स्थायी कमिटीको बैठकअघि बालुवाटारमा बुधबार दिउँसो प्रधानमन्त्री एवं अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो। अध्यक्ष प्रचण्डसँगको दोस्रो भेटमा प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएको बालुवाटार स्रोतले जनाएको छ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने बताएपछि संसदको विशेष अधिवेशन माग गर्दै प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर सांसदहरुले हस्ताक्षरसहित राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउन लागेको समावेदन पनि फिर्ता गर्ने सहमति जुटेको छ। सहमतिपछि प्रधानमन्त्री ओली स्थायी कमिटीको बैठकमा सहभागी भएका हुन्।
दुई अध्यक्षबीच दोस्रो पटक भएको भेटमा महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरु सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल र घनश्याम भुसाल पनि सहभागी थिए।











-1791359764.jpg)