Kathmandu Press

अध्यादेश तरुन्त फिर्ता लिएर संसद अधिवेशन बोलाउन जसपाको माग

काठमाडौं, पुस १ : जनता समाजवादी पार्टी, नेपालले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिएर तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गरेको छ। पार्टीका...
अध्यादेश तरुन्त फिर्ता लिएर संसद अधिवेशन बोलाउन जसपाको माग

काठमाडौं, पुस १ : जनता समाजवादी पार्टी, नेपालले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिएर तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गरेको छ। 

पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले बुधबार विज्ञप्ति जारी गरी अध्यादेश तरुन्त फिर्ता लिएर संसदको हिउँदे अधिवेशन यथाशीघ्र बोलाउन माग गरेका हुन्। जसपाले अध्यादेश ल्याएर सरकारले संसदको सर्वोच्चता रहने संसदीय लोकतान्त्रिक प्रणालीलाई नै चुनौती दिएको बताएको छ। 

सरकारले संविधान र लोकतान्त्रिक गणतन्त्रलाई नै धरापमा पारेर मुलुकलाई राजनीतिक द्वन्द्वको भूमरीतर्फ धकेल्ने काम गरेको जसपाको ठहर छ। सरकारले अध्यादेशमार्फत आफ्नो स्वेच्छाचारी शासन चलाउन र संवैधानिक निकायलाई नियन्त्रणमा लिन खोजेको आरोप जसपाको छ। 

हेर्नुस् विज्ञप्ति : 


प्रकाशित मिति: २१:५१ बजे, बुधबार, पुस १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्