Kathmandu Press

सरकारसँग राप्रपाको माग- अध्यादेश तत्काल फिर्ता लिइयोस् 

काठमाडौं, पुस १ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। बुधबार बसेको राप्रपाको सचिवालय...
सरकारसँग राप्रपाको माग- अध्यादेश तत्काल फिर्ता लिइयोस् 

काठमाडौं, पुस १ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। 

बुधबार बसेको राप्रपाको सचिवालय कार्यव्यवस्था समितिको बैठकले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश तत्काल फिर्ता लिन माग गरेको हो। 

बैठकले अध्यादेश जारी गर्ने प्रक्रिया र विषयवस्तुले संविधानको चिरहरण भएको पनि आरोप लगाएको छ। यस्तै, बैठकले भागवण्डा नमिलेर प्रतिपक्ष र गुटको उल्झनमा संवैधानिक परिषद् बैठकमा सभामुख अनुपस्थित हुनु गैरजिम्मेवार भएको ठहर गरेको छ।  राप्रपाले संवैधानिक परिषद्को उपादेयता समाप्त भएको पनि निष्कर्ष निकालेको छ।

यसअघि मंगलबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेकी थिइन्। सरकारले परिषद् बैठकमा प्रधानमन्त्रीसहित तीन जनामात्रै उपस्थित हुँदा पनि नियुक्तिका लागि सिफारिस गर्न मिल्ने गरी अध्यादेश ल्याएको थियो। 
 

प्रकाशित मिति: २१:२६ बजे, बुधबार, पुस १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्