Kathmandu Press

बुढानीलकण्ठमा कांग्रेस पदाधिकारीको बैठक सुरु

काठमाडौं, पुस १ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरू भएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बैठक सुरु भएको...
बुढानीलकण्ठमा कांग्रेस पदाधिकारीको बैठक सुरु

काठमाडौं, पुस १ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरू भएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बैठक सुरु भएको हो। 

बैठक दिउँसो १ बजेदेखि शुरु भएको हो। बैठकमा मंगलबार ल्याइएको संवैधानिक परिषद् अध्यादेश र पार्टीले २९ मंसिरमा देशभर गरेको विरोध प्रदर्शनको समीक्षा हुने बताइएको छ। 

मंगलबार सरकारले अध्यादेश जारी गरेपछि कांग्रेसका शीर्ष तहका नेताहरुले विरोध जनाएका छन्। बैठकमा महामन्त्री डा. शशांक कोइराला र सहमहामन्त्री डा. प्रकाशशरण महतबाहेक अरु सबै सहभागी रहेका छन्।

प्रकाशित मिति: २१:२३ बजे, बुधबार, पुस १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्