प्रधानमन्त्री ओलीको पोखरामा पुत्ला दहन
पोखरा, पुस १ : कास्कीको पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ। संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर देशमा एकतन्त्रीय जस्तो शासन गर्न खाजेको...पोखरा, पुस १ : कास्कीको पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर देशमा एकतन्त्रीय जस्तो शासन गर्न खाजेको भन्दै जनता समाजवादी पार्टी कास्कीले बुधबार पोखरामा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो।
ओलीको विरोध गर्दै पुत्ला जलाएको हो । चिप्लेढुंगा मानव अधिकार चोकबाट नारा जुलुससहित निस्किएको जसपाका नेता तथा कार्यकर्ताको टोलीले महेन्द्रपुलमा पुगेर प्रधानमन्त्रीओलीको पुत्ला दहन गरेको थियो। पुत्ला दहनअघि जसपाका कार्यकर्ताले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए।
विरोध प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै जसपा केन्द्रीय सदस्य देवी सुवेदीले प्रधानमन्त्री ओलीको इशारामा चलेर राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेकाले तत्काल खारेज गर्न माग गरे। उनले सरकार भ्रष्टाचारमा लिप्त भएको पनि आरोप लगाएका थिए।











-1791359764.jpg)