Kathmandu Press

अमेरिकाको अलास्कामा भूकम्प

वासिङ्टन, पुस १ : अमेरिकाको अलास्कामा ५.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको छ। अलास्का केन्द्रबाट १९१ किलोमीटर दक्षिणी क्षेत्रमा...
अमेरिकाको अलास्कामा भूकम्प

वासिङ्टन, पुस १ : अमेरिकाको अलास्कामा ५.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको छ। 

अलास्का केन्द्रबाट १९१ किलोमीटर दक्षिणी क्षेत्रमा पर्ने स्यान्ट पोइन्टमा सो भूकम्पको केन्द्रबिन्दू रहेको बताइएको छ। यस भूकम्पको केन्द्रविन्दु आपपास कै इलाकामा १० किलोमिटर गहिराईमा रहेको जनाइएको छ। 

यस भूकम्पबाट भएको धनजनको क्षतिको बारेमा भने केही बताइएको छैन। भूकम्पपछि उद्धार अधिकारीहरुले उद्धारको काम गरिरहेका बताइएको छ।

प्रकाशित मिति: २०:५१ बजे, बुधबार, पुस १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्