Kathmandu Press

बरालिएका ओलीलाई बाँध्न संसद अधिवेशन बोलाउन बाध्य पारौँ : गगन थापा

काठमाडौं, पुस १ : नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले संसद अधिवेशनको लागि निवदेन दिन पार्टी सभापति शेर बहादुर देउवालाई अनुरोध गरेका...
बरालिएका ओलीलाई बाँध्न संसद अधिवेशन बोलाउन बाध्य पारौँ : गगन थापा

काठमाडौं, पुस १ : नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले संसद अधिवेशनको लागि निवदेन दिन पार्टी सभापति शेर बहादुर देउवालाई अनुरोध गरेका छन्। 

बुधबार कांग्रेसको पदाधिकारी बैठक बस्नुअघि सामाजिक सञ्जालमा लेख्दै नेता थापाले संविधानको धारा ९३(३) अनुसार संसद अधिवेशन बोलाउनको लाति आजै निवेदन दिन सभापतिलाई अनुरोध गरेका हुन्।

उनले लेखेका छन्, ‘पार्टी बैठकमा हामीले भनेका थियौँ, बरालिएका केपी ओलीलाई बाँध्न संसद अधिवेशन बोलाउन बाध्य पारौं, उपसभामुख नभएसम्म संवैधानिक परिषद बैठकमा नजाऔँ, संसदमा उपसभामुखको निर्वाचन गर्न बाध्य पारौँ, यी विषयलाई त्यो बेला मनन नगर्दा आजको परिस्थिति आएको छ।’

थापाले उपसभामुखको निर्वाचन नगरेसम्म संसदको गतिविधि ठप्प पार्न समेत अपील गरेका छन्। ‘उपसभामुख बिनाको संवैधानिक परिषद बैठक अस्वीकार गरौँ। संसद र सडकबाट यो अध्यादेश फिर्ता गर्न बाध्य पारौं’ थापाको अपील छ। 

प्रकाशित मिति: २०:१३ बजे, बुधबार, पुस १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्