Kathmandu Press

कोरोना खोप : कसले लिनुपर्छ, कसले लिनुपर्दैन?

अनुसन्धानकर्ताहरुले कोरोना भाइरसकाे संक्रमणबाट निको भएका व्यक्तिहरुले पनि खोप लगाउदा फाइदा हुने बताएका छन्।
कोरोना खोप : कसले लिनुपर्छ, कसले लिनुपर्दैन?

काठमाडौं, पुस १ : हाम्रो दैनिकी विगतमा जस्तै सामान्य बनाउनु सबै मानिसमा कोरोना भाइरसविरुद्ध प्रतिरोधात्मक क्षमता बृद्धि भएको हुनुपर्छ। यसका लागि खोप लगाउनु पर्छ।

अहिले धेरै देशहरुले कोरोनाविरुद्ध फरक–फरक खोपहरु उत्पादन गरिरहेका छन्। केही खोप परीक्षणका क्रममा छन भने केही खोप लगाउन सुरु भइसकेको छ।

यस्तो वेला आममानिसमा केही जिज्ञासा उत्पन्न भएका छन्। कोरोनाविरुद्धको खोप कसले लगाउनुपर्छ, कसले लगाउनुपर्दैन? अझ कोरोना निको भएकाले मानिसले लगाउनु हुन्छ कि हुँदैन?

अनुसन्धानकर्ताहरुले कोरोना भाइरसकाे संक्रमणबाट निको भएका व्यक्तिहरुले पनि खोप लगाउदा फाइदा हुने बताएका छन्।

दोस्रो खुराकका लागि फरक खोप प्रयोग गर्न मिल्छ?

कोरोनाविरुद्ध सुरुमा प्रयोग गरिने बुस्टर खोपले प्रतिरक्षा प्रतिक्रियाको गुणस्तर वृद्धि गर्छ र भाइरसबारे एक रिमाइन्डर पठाउँछ। तसर्थ खोपको दुबै खुराक नलिएसम्म शरीरलाई आवश्यक भाइरल प्रोटिन नबन्ने भएकाले दोस्रो खोप पनि लिनुपर्छ।

यसरी दोस्रो खोप प्रयोग गर्दा फरक खोप पनि प्रयोग गर्नसकिने अनुसन्धानकर्ताहरुले बताएका छन्। उनीहरुका अनुसार दोस्रो खुराकका लागि फरक खोप प्रयोग गर्दा पनि हानी पुर्याउँदैन। बुस्टर खोप अन्य रोगका लागि पनि प्रयोग हुँदै आएका कारण यसलाई सामान्य रुपमा लिनुपर्ने उनीहरुको भनाइ छ।

उदाहरणको लागि टिटानसविरुद्ध प्रत्येक १० वर्षमा खोप लगाउन चिकित्सकहरु सुझाउँछन्। जबकी हेपेटाइटिस ‘ए’ वा दादुराको खोप एक पटक मात्र दिइन्छ। यसमा बुस्टर खोपको आवश्यकता पर्दैन।

कुनै पनि मानिसमा कोरोनाको खोप लगाउनु अघि परीक्षण गरेर बुस्टर खोप आवश्यक छ वा छैन भन्ने थाहा पाउन सकिन्छ। यसको लागि रगतमा एन्टिबडी र सेल प्रतिक्रियाहरु मापन गरिन्छ। बृद्धबृद्धालगायत केही समूहहरुलाई फरक बुस्टर आवश्यक पर्नसक्ने र यसले काम गर्न केही समय लिनसक्ने अनुसन्धनकर्ताहरुको अनुमान छ।

खोपको ट्रायलमा सहभागीले फेरी खोप लिन मिल्छ?

यदि कुनै व्यक्ति कोरोनाको खोपको ट्रायलमा सहभागी भएको छ र त्यसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बृद्धि गराउन सहयोग पुर्‍याएको छ भने अर्को खोप लिन आवश्यक नरहेको अनुसन्धानकर्ताहरु बताउँछन्।

तर, खोप विकासकर्ताहरूले ट्रायलको रुपमा खोप लगाएका मानिसहरुमा खोपले कस्तो असर गरेको छ ? उनीहरूको प्रतिरक्षा प्रणालीले कसरी प्रतिक्रिया देखाएको छ? खोपले उनीहरूलाई प्रतिरोधक क्षमता दिएको छ वा छैन? सबै कुराहरुको जानकारी राख्न भने जरुरी हुन्छ।

कोरोना निको भएका मानिसले खोप लिनुपर्छ?

यदि कुनै व्यक्ति कोरोना संक्रमित भई निको भईसकेको छ भने त्यो व्यक्तिले पनि खोपको प्रयोग गरी लाभ लिन सकिने अनुसन्धानकर्ताहरु बताउँछन्। कोरोना संक्रमित भएको समयमा धेरै समस्या नआएपनि शरीरका अन्य अंगहरुमा यसले अप्रत्यक्ष रुपमा असर गरेको हुन्छ।

तसर्थ यदी पछि कुनै शारीरिक समस्या आएमा खोपका कारण बृद्धि भएको रोग प्रतिराधात्मक क्षमताले सो रोगसँग लड्ने हुँदा निको भईसकेपछि पनि खोप प्रयोग गर्न चिकित्सकहरु सुझाउँछन्।

(एजेन्सीको सहयोगमा)

 

प्रकाशित मिति: १९:५४ बजे, बुधबार, पुस १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्