Kathmandu Press

पोखरामा कोरोना स‌ंक्रमणबाट दुई बृद्धको मृत्यु

पोखरा, पुस १ : कोरोना भाइरसको संक्रमणबाट पोखरामा दुई जनाको मृत्यु भएको छ।पोखरास्थित फिस्टेल अस्पतालमा उपचाररत एक जनाको आज बिहान र एक जनाको...
पोखरामा कोरोना स‌ंक्रमणबाट दुई बृद्धको मृत्यु

पोखरा, पुस १ : कोरोना भाइरसको संक्रमणबाट पोखरामा दुई जनाको मृत्यु भएको छ।

पोखरास्थित फिस्टेल अस्पतालमा उपचाररत एक जनाको आज बिहान र एक जनाको गएराति मृत्यु भएको हो। मृत्यु हुनेमा पोखरा महानगरपालिका-१२ र पोखरा महानगरपालिका-१ का बृद्ध रहेका छन्।

अस्पतालका अनुसार पोखरा-१२ का ८४ वर्षीय वृद्धको उपचारको क्रममा आज बिहान ५ः४५ बजे मृत्यु भएको हो। उनलाई मंसिर २३ गते कोरोना संक्रमण देखिएको थियो।

त्यस्तै, पोखरा-१ का ७६ वर्षीय बृद्धको गएराति १०ः२० बजे मृत्यु भएको अस्पतालले जनाएको छ। उनलाई मंसिर २५ गते कोरोना संक्रमण देखिएको थियो। दुवै जना मिर्गौला रोगबाट पीडित रहेको जनाएको छ।

 

प्रकाशित मिति: १९:२१ बजे, बुधबार, पुस १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्