नेकपाका अध्यक्षद्वयबीच बालुवाटारमा भेटवार्ता
काठमाडौं, पुस १ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्प कमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ। स्थायी कमिटी...
काठमाडौं, पुस १ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्प कमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ।
स्थायी कमिटी बैठकअघि दुई अध्यक्षबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा अहिले भेटवार्ता भएको हो।
ओलीलाई भेट्न प्रचण्ड प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका हुन्।
सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नेकपाभित्रको अन्तर्द्वन्द्व उत्कर्षमा पुगेको छ।
प्रकाशित मिति: १८:५० बजे, बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











