Kathmandu Press

बिलिङमा समस्या हुँदा पोस्टपेड प्रयोगकर्ताको सबै फोन ‘वान वे’

काठमाडौं, पुस १ : नेपाल टेलिकमको पोस्टपेड फोनको बिलिङमा समस्या आउँदा हजारौंको फोन ‘वान वे’ भएको छ। मंगलबार रातिदेखि आएको समस्याका कारण पोस्टपेड प्रयोगकर्ता...
बिलिङमा समस्या हुँदा पोस्टपेड प्रयोगकर्ताको सबै फोन ‘वान वे’

काठमाडौं, पुस १ : नेपाल टेलिकमको पोस्टपेड फोनको बिलिङमा समस्या आउँदा हजारौंको फोन ‘वान वे’ भएको छ। 

मंगलबार रातिदेखि आएको समस्याका कारण पोस्टपेड प्रयोगकर्ता पीडित भएका छन्। करिब १२ घण्टाभन्दा बढी समयदेखि ‘आउट गोइङ कल’ ब्यारियर भएको हो।

टेलिकमका अनुुसार हरेक महिनाको १५ तारिकमा पोस्टपेडको बिलिङ हुने हुँदा सोही क्रममा प्रणालीमा समस्या आएको हो। 

मोवाइलमा व्यालेन्स भएपनि वान वे भएका पोस्टपेड प्रयोगकर्ताको समस्या समाधानका लागि काम भइरहेको टेलिकमले जनाएको छ।

प्रकाशित मिति: १८:२८ बजे, बुधबार, पुस १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्