Kathmandu Press

सरकारले ल्याएको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट

काठमाडौं, पुस १ : सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।आज अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा रिट दायर गरेका...
सरकारले ल्याएको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट

काठमाडौं, पुस १ : सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।

आज अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। उनले अदालत खुल्ने वितिक्कै रिट दायर गरेको बताए।

मंगलबार सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो। संवैधानिक परिषदमा ६ जना सदस्य हुने व्यवस्था छ। बैठकका लागि पाँच जना सदस्य आवश्यक पर्छ। अध्यादेशमा तीन जना सदस्य हुँदा पनि बैठक बस्न सक्ने व्यवस्था गरिएको छ।

त्यस्तै, संवैधानिक परिषद्को बैठकमा सर्वसम्मतिले निर्णय गर्नुपर्छ। सरकारले ल्याएको अध्यादेशमा बहुमतका आधारमा निर्णय गर्ने व्यवस्था गरिएको छ।

यसको सबैतिरबाट विरोध भइरहेको छ। सत्तारुढ दल नेकपाकै नेताहरुले यसको चर्को विरोध गरेका छन्।

प्रकाशित मिति: १८:१४ बजे, बुधबार, पुस १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्