Kathmandu Press

कोरोनाबाट विराटनगरमा २२ वर्षीय युवकको मृत्यु

विराटनगर, पुस १ : कोरोना भाइरसको संक्रमणबाट विराटनगरमा २२ वर्षीय युवकको मृत्यु भएको छ।विराटनगरस्थित कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा गएराति सुन्दरहरैँचा नगरपालिका-३ का...
कोरोनाबाट विराटनगरमा २२ वर्षीय युवकको मृत्यु

विराटनगर, पुस १ : कोरोना भाइरसको संक्रमणबाट विराटनगरमा २२ वर्षीय युवकको मृत्यु भएको छ।

विराटनगरस्थित कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा गएराति सुन्दरहरैँचा नगरपालिका-३ का २२ वर्षीय युवकको मृत्यु भएको हो। उनको उपचारका क्रममा गएराति ९ः५० बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ।

उनलाई मंसिर २९ गते कोरोना संक्रमण देखिएको थियो। उनलाई मंगलबार अस्पताल भर्ना गरिएको थियो। अस्पताल भर्ना भएको केही समयपछि मृत्यु भएको जनाएको छ।

अस्पतालका अनुसार उपचार सुरु गरे लगत्तै युवकको मृत्यु भएको हो। उनलाई श्वासप्रश्वाससम्बन्धी समस्या रहेको थियो।

त्यस्तै, पथरीशनिश्चरे नगरपालिका-१ की ७३ वर्षीया वृद्धाको पनि गएराति ८ः५० बजे विराटनगरस्थित कोशी अस्पतालमै मृत्यु भएको छ। उनलाई मंसिर २७ गते अस्पताल भर्ना गरिएको थियो।

बृद्धालाई ज्वरोसँगै श्वासप्रश्वासमा समस्या रहेको थियो। त्यस्तै, खोकी पनि लाग्ने गरेको अस्पतालले जनाएको छ।

 

प्रकाशित मिति: १७:५२ बजे, बुधबार, पुस १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्