Kathmandu Press

पाँच सय रुपैयाँ नहुँदा अस्पतालमै थन्कियो स्वाब

सल्यान, पुस १ : स्वास्थ्य सेवा कार्यालय सल्यानले पिसीआर परीक्षणका लागि सङ्कलन गरेको स्वाब अस्पतालमै थन्किएको छ। सङ्कलन गरिएको स्वाब सुर्खेतसम्म पठाउन नसकिएपछि...
पाँच सय रुपैयाँ नहुँदा अस्पतालमै थन्कियो स्वाब

सल्यान, पुस १ :स्वास्थ्य सेवा कार्यालय सल्यानले पिसीआर परीक्षणका लागि सङ्कलन गरेको स्वाब अस्पतालमै थन्किएको छ।

सङ्कलन गरिएको स्वाब सुर्खेतसम्म पठाउन नसकिएपछि अस्पतालमै थन्किएको हो। कोरोना परीक्षण केन्द्र सुर्खेतसम्म सङ्कलन गरिएको स्वाब पठाउन यातायातका लागि दिनुपर्ने रकम अभाव हुँदा समस्या भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बताए।

स्वास्थ्यका लागि सक्षम प्रणाली नामक संस्थाले महिनाको दुईपटक स्वाब पठाउनका लागि यातायात खर्च व्यहोर्ने गरेको थियो। तर, त्यो खर्च पनि पर्याप्त नभएको पुनको भनाइ छ। 'एउटा गाडीले सुर्खेतसम्म पुगेको सात हजार पाँच सय लिन्छ। तर संस्थाले सात हजार मात्र पठाउनेगर्छ। थप पैसा उपलब्ध हुन नसकेपछि एक हप्ता अगाडिदेखि सङ्कलन गरिएको स्वाब अस्पतालमै थन्किएको छ,' कार्यालय प्रमुख पुनले भने।

स्वाब सङ्कलन गरेर पनि पिसीआर रिपोर्ट नआउँदा स्थानीयवासी समस्यामा पर्न थालेका छन्। 'स्वाब दिएको एक हप्ता भइसक्यो, होमआइसोलेसनमा छु, स्वाब दिएको लामो समय बितिसक्दा पनि रिपोर्ट नआउँदा कामकाज गर्न समस्या भयो,' पत्रकार सरिता चलाउनेले भनिन्।

कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आएर स्वाब दिएको एक हप्ता बितिसक्दा पनि रिपोर्ट नआउँदा मानसिक तनावसमेत हुन थालेको स्वाब दिएकाहरुले बताउन थालेका छन्। “कोरोना सङ्क्रमण भएको १४ दिनमा निको हुन्छ भन्ने छ, तर स्वाब दिएको १४ दिनसम्म पनि रिपोर्ट नआएपछि किन परीक्षण गराउने”, स्वाब दिएका एक स्थानीयले भने।

सङ्कलन गरिएको स्वाब कहिलेसम्म पठाउने भन्ने यकिन नभएको अस्पतालले जनाएको छ। कतिपय स्थानीय तहहरुसँग समन्वय गरेर स्वाब पठाउने गरे पनि सरकारले नै लक्षण देखिएमा मात्र स्वाब सङ्कलन गर्नु भनेपछि स्थानीय तहहरुले समेत स्वाब सङ्कलन गर्न छाडेका छन्। (रासस)

प्रकाशित मिति: १५:५३ बजे, बुधबार, पुस १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्