विश्वमा एकैदिन १२ हजार ६३५ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं, पुस १ : विश्वमा एकैदिन १२ हजार ६३५ संक्रमितको मृत्यु भएको छ । त्यस्तै ५ लाख ८७ हजार १३७ संक्रमित थपिएका छन्...
काठमाडौं, पुस १ : विश्वमा एकैदिन १२ हजार ६३५ संक्रमितको मृत्यु भएको छ । त्यस्तै ५ लाख ८७ हजार १३७ संक्रमित थपिएका छन् ।
बुधबार बिहान यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना संक्रमितको संख्या ७ करोड ३७ लाख ९० हजार ६१९ पुगेको छ । संक्रमित १६ लाख ४० हजार ६२५ जनाले ज्यान गुमाएका छन् ।
संक्रमितमध्ये २ करोड ३ लाख ५७ हजार १८ जनामा सक्रिय संक्रमण छ भने ५ करोड १७ लाख ८६ हजार ९३० जनाले कोरोनालाई जितेका छन् ।
सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रमित संख्या १ करोड ७१ लाख ४० हजार ८८० पुगेको छ भने ३ लाख ११ हजार २४ जनाले ज्यान गुमाएका छन् ।
प्रकाशित मिति: १४:१७ बजे, बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












