Kathmandu Press

ला लिगाको शीर्ष स्थानमा रियल मड्रिड 

काठमाडौं, पुस १ : रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।मंंगलबार राति भएको खेलमा रियलले एथ्लेटिको बिल्बाओलाई ३–१ गोल अन्तरले...
ला लिगाको शीर्ष स्थानमा रियल मड्रिड 

काठमाडौं, पुस १ : रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

मंंगलबार राति भएको खेलमा रियलले एथ्लेटिको बिल्बाओलाई ३–१ गोल अन्तरले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो । जितसँगै रियलले शीर्ष क्लब रियल सोसिडाड र एट्लेटिको मड्रिडसंग अंक बराबरी गरेको छ ।

शीर्ष स्थानमा रहका तीनै क्लबको समान २६ अंक छ । गोल अन्तरले मात्र रियल तेस्रो स्थानमा देखिएको छ । बिल्बाओ क्लब १४ अंक सहित तालिकाको १३ औंं स्थानमा छ ।

रियलले तालिकामा बार्सिलोनासंग ९ अंकको अग्रता लिएको हो । 

प्रकाशित मिति: १३:५१ बजे, बुधबार, पुस १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्